कोरोना महामारी तत्कालै अन्त्य नहुने डब्लुुएचओको चेतावनी

५ माघ २०७८, बुधबार १७:४५

काठमाडौं । विश्व स्वाथ्य संगठन (डब्लुुएचओ)ले कोरोना भाइरसको महामारी तत्कालै अन्त्य नहुने बताएको छ ।

डब्लुुएचओका महानिर्देशक डा. टेडरोज आध्यानोमले सबै राष्ट्रका नेताहरुलाई तत्कालै कोरोना अन्त्य हुन नसक्ने बताउँदै यसविरुद्ध सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले तुलनात्मक रुपमा ग्रसित बनाउने देखिनुलाई जीतको रुपमा लिन नहुने समेत बताएका छन् । त्यस्तै, उनले ओमिक्रोन भेरियन्ट अहिले तीव्र गतिमा फैलिरहँदा नयाँ भेरियन्ट समेत आउन सक्ने चेतावनी पनि दिएका छन् । बीबीसी ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*