पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारी र निजीमा अब कति लाग्छ शुल्क?

५ माघ २०७८, बुधबार १७:०९

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको ८०० रुपैयाँ लिइने स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । यसअघि सरकारी अस्पतालमा एक हजार लिने गरिएको थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।त्यस्तै, सरकारले कोरोना परीक्षणको शुल्क पनि घटाएको छ । यस अघि सरकारी अस्पतालमा १ हजार रुपैयाँ लिदै आइरहेको पीसीआर शुल्क ८ सय रुपैयाँ र निजि प्रयोशालाहरुमा २ हजार लिदै आइरहेको पीसीआर शुल्क १ हजार ५ सय रुपैयाँमा झारहेको छ । लोकसेवाको परीक्षा संचालन गर्ने नगर्ने बारे पनि लोकसेवा आयोग समे अनौपचारिक छलफलमा जुटेको छ ।

हाल संक्रमितको ५० प्रतिशत भन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा मात्र देखा पर्ने थाले पनि जिल्ला प्रशासन पनि भिडभाड क्षेत्रमा कडाइ गरी हरेको छ । आज काठमाडौं उपत्यकामा मात्र ६ हजार ३४३ जना संक्रमण पुष्टि भएका छन् । छिमेकी राष्ट्र भारत पनि एकै दिन २ हजार ८३ हजार भन्दा बढी संक्रमित देखिएका हुन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*