नेपालमा एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा ६ हजार बढी

५ माघ २०७८, बुधबार १६:५७

काठमाडौं । कोरोना भाइरसको संख्या दिन प्रतिदिन बृद्धि भइरहेको छ । हिजो १० हजार २५८ जनामा संक्रमण देखिएकोमा आज भने ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८ हजार ७८ जनामा पीसीआर परीक्षण गर्दा ९ हजार ५०२ जनामा र ५ हजार ३३१ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ भने ६१३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सरकारले कोरोना परीक्षणको शुल्क पनि घटाएको छ । यस अघि सरकारी अस्पतालमा १ हजार रुपैयाँ लिदै आइरहेको पीसीआर शुल्क ८ सय रुपैयाँ र निजि प्रयोशालाहरुमा २ हजार लिदै आइरहेको पीसीआर शुल्क १ हजार ५ सय रुपैयाँमा झारहेको छ । लोकसेवाको परीक्षा संचालन गर्ने नगर्ने बारे पनि लोकसेवा आयोग समे अनौपचारिक छलफलमा जुटेको छ ।

हाल संक्रमितको ५० प्रतिशत भन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा मात्र देखा पर्ने थाले पनि जिल्ला प्रशासन पनि भिडभाड क्षेत्रमा कडाइ गरी हरेको छ । आज काठमाडौं उपत्यकामा मात्र ६ हजार ३४३ जना संक्रमण पुष्टि भएका छन् । छिमेकी राष्ट्र भारत पनि एकै दिन २ हजार ८३ हजार भन्दा बढी संक्रमित देखिएका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*