नेप्सेमा गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

५ माघ २०७८, बुधबार १५:२७

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३८ अकंले ओरोलो लाग्दा कारोबार पनि ६ अर्ब २ करोठ १३ लाख ११ हजार ८८१ रुपैयाँमा सीमित हुन पुगेको छ ।

यस साताको २ दिन वृद्धि भएको नेप्से मंगलबार १० अकं र बुधबार ३८ अकंले घट्न पुगेको हो । सोही अंकले आज नेप्सेमा गिरावट आउँदा सर्वाधिक घलेम्दी हाइड्रोपावरको शेयर घट्न पुगेको छ । कम्पनीको आज ४.३४ प्रतिशतले घटेको हो ।

त्यस्तै, कालिका लघुवित्तको ४.२३ प्रतिशत, ग्लोबल आइएमई समुन्नती स्कीमको ४.१९ प्रतिशत, मध्य भोटेकोशी जलविद्युतको ३.८३ प्रतिशत र गुहेशोवरी मर्चेन्ट बैंकको ३.६७ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*