दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमााए ?

५ माघ २०७८, बुधबार १५:२४

डकाठमाडौं । साताको चौथो दिन नेप्सेमा राताम्य छाएको छ । आज नेप्से ३८.३५ अकंले घटेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैंयाँ माथिको कारोबार भएको हो ।

आज नेप्सेमा ३८ अंकको गिरावट आएतापनि २ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज बुद्धभूमि नेपाल हाइड्रोपावर र सामलिङ पावरको शेयर सर्किट लागेको हो ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत, सेञ्चुरी कर्मशियल बैंकको २.७९ प्रतिशत, छाङदी हाइड्रोपावरको २.४७ प्रतिशत र एनआइबिएल समृद्धि फण्डको २.४३ प्रतिशतले वृद्धि भएको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*