नेप्सेमा ३८ अंकको गिरावट आउँदा कारोबार ६ अर्बमा खुम्चियो

५ माघ २०७८, बुधबार १५:२०

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा पहिरो गएको छ । यस साताको अघिल्लो दुई दिन लगातार हरियाली छाएको पूँजीबजारमा हिज र आज गिरावट आएको हो ।

देखिएको तरलता, विदेशी मुद्राको संचिती घट्नुले शेयर बजारमा प्रभाव देखिएको हो ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार ९ अर्बसम्म पुगेको कारोबार आज ६ अर्बमाथिको सीमित हुन पुगेको छ । आज सर्वाधिक अपि पावरको २० करोड भन्दा माथिको कारोबार भएको छ भने बुद्धभूमि हाइड्रोपावरको सर्किट लेभलमा कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*