अपि पावर र अरुण भ्याली हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

५ माघ २०७८, बुधबार १५:११

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज ३८.३५ अंकले घटेको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको कारोबार भएको छ ।

साताको दुई दिन हरियाली छाएको शेयर बजारमा हिज र आज गिरावट आएको छ । कारोबार रकम समेत खुम्चिएको पुगेको छ ।६अर्बमाथिको कारोबार हुँदा सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको २० करोड ३२ लाख २१ हजार २९७ रुपैयाँको कारोबार भएको हो।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको २० करोड, एचआइडिसिएलको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख र सूर्या लाइफ इन्स्योरेन्सको १४ करोड १ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*