प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन, एजीएम कहिले?

५ माघ २०७८, बुधबार १२:३७

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले बार्षिक साधारणसभाको लागि आजदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०६१.७१ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२१३ रुपैयाँ रहेको थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले माघ ४ गतेसम्म कायमं शेयरधनीलेमात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् । कम्पनीले माघ २१ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*