१ लाख भन्दा बढी ऋणीले लिए सवा २ खर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा, कुनमा कति ?

५ माघ २०७८, बुधबार १२:२६

बैंक तथा वित्तीय संस्थाहरुबाट मंसिर मसान्तसम्म विभिन्न १ लाख ३६ हजारभन्दा बढी ऋणीले सवा २ खर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म १ लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल २ खर्ब ११ अर्ब ८ करोड १२ लाख १ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा उपभोग गरेका हुन्। कुल २ खर्ब ४१ अर्ब ८३ करोड सहुलियतपूर्ण कर्जामध्ये २ खर्ब ११ अर्ब ८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत स्वीकृत गरिसकिएको केन्द्रीय बैंकले जनाएको छ। यसका लागि हालसम्म ११ अर्ब १५ करोड ८० लाख रुपैयाँ बढी ब्याज अनुदानमै खर्च गरिएको राष्ट बैंकको तथ्याङ्कले देखाएको छ ।

सहुलियतपूर्ण कर्जा वाणिज्य बैंकहरुबाट १ खर्ब ८२ अर्ब ४२ करोड ८३ लाख ९४ हजार रुपैयाँ र विकास बैंकहरुबाट २५ अर्ब ८२ करोड २० लाख २९ हजार रुपैयाँ, फाइनान्स कम्पनीबाट २ अर्ब ७३ करोड ७३ लाख ९३ हजार रुपैयाँ र लघुवित्त संस्थाहरुबाट ९ करोड ३३ लाख ८५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्वीकृत गरिएको तथ्याङ्मा सपष्ट देखिएको छ ।

मुख्यगरी भिन्नभिन्न १० कर्जा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। जसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा बिना धितो र धितोसहित गरी विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत कुल १ खर्ब ३३ अर्ब १८ करोड ८३ लाख ३७ हजार स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ। जसमा २ अर्ब ५५ करोड ७५ लाख २१ हजार रुपैयाँ बिनाधितो र १ खर्ब ३० अर्ब ६३ करोड ८ लाख १६ हजार रुपैयाँ धितोमा कर्जा प्रवाह भएको छ।

One thought on “१ लाख भन्दा बढी ऋणीले लिए सवा २ खर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा, कुनमा कति ?

  1. हरि भक्त भण्डारी says:

    के लाग्छ त्यो रिन गरिब किसान ले पाय कहिले कसैले कुनै सर्बेक्षन गरेको छ किना किसान को नाम बेचेको त्यो पहुच वाला को बिर्ता जस्तो छ।।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*