स्वावलम्बन लघुवित्तको साढे १ लाख कित्ता शेयर लिलामीमा

५ माघ २०७८, बुधबार १२:११

काठमाडौं । स्वावलक्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकेको छ । सो अनुसार आवेदकले आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले माघ १८ गतेसम्म आवश्यक कागजात संकलन गरी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्ने सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*