खुद ब्याज आम्दानी बढ्दा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा १० करोड माथि

५ माघ २०७८, बुधबार १२:०६

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत वर्षको यसै अवधिसम्ममा ७ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको यसै अवधिमा कम्पनीले ३८ प्रतिशत बढि खुद नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीले यस चालु आवको दोस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानी १८ करोड २३ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा १२ करोड १५ लाख १३ हजार रुपैयाँ आर्जन गरेको थियो । साथै यस अवधिमा कम्पनीको संचालन मुनाफा पनि बढेर १४ करोड ८८ लाख पुगेको छ । गत आवको सोही अवधिमा यस्तो मुनाफा १० करोड २५ लाख मात्र थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेकोमा कम्पनीको जगेडा कोषमा भने २ लाख घटेर १५ करोड २४ लाख २४ हजार संचित रहेको छ । साथै वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १२७.३७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*