सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

५ माघ २०७८, बुधबार ११:३६

काठमाडौं र सिद्धार्थ बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी पवन कुमार सरार्फ तथा रस्मी जैनले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

शेयरको मूल्य र शेयर संख्या भने खुलाइएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाइ बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*