बीमा समितिसहित अधिकांश बीमा कम्पनीहरुमा कोरोना संक्रमण तीव्र, सेवा प्रवाह तत्काल नरोकिने

४ माघ २०७८, मंगलवार २०:३५

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको राजधानी काठमाडौंमा रहेका बीमा कम्पनीमा कार्यरत कर्मचारी तथा नियामक निकाय बीमा समितिमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ ।

मंगलबार मात्रै राजधानी काठमाडौंमा चार हजार ४ जनामा कोरोना संक्रमण फैलिएको छ । सो तथ्याङ्कमा बीमा क्षेत्रमा क्रियाशिल धेरै बीमाकर्मीहरुको पनि नाम समावेश छ । जीवन बीमा तथा निर्जिवन बीमा कम्पनीहरुमा कोरोनाको संक्रमण तीव्र रुपमा रुपमा फैलिएको छ । अनौपचारिक तथ्याङ्क अनुसार बीमा क्षेत्रमा क्रियाशिल देशभरिका करिब ५०० जनालाई कोरोना संक्रमण भएको छ ।

नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुमा कोरोना संक्रमण देखिएको छ । न्यूनतम् तीन जनादेखि अधिकतम् ११ जनासम्म कर्मचारीहरु कोरोनाबाट संक्रमित भएको पाइएको छ । बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता तथा सर्भेयरहरुले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणमा परेको जानकारी गराइरहेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरहरुमा कोरोनाको स्टाटसले भरिएका छन् । जीवन बीमा र निर्जिवन बीमा कम्पनीहरुका अधिकांश विभागहरुमा कोरोनाको कारण कर्मचारीहरु अभाव देखिएको छ । यद्यपि काम नै भने रोकिएको छैन ।

नियामक निकाय बीमा समितिमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै थप कर्मचारीहरुको समेत स्वाव संकलन गरिएकोले थप पुष्टि हुने अनुमान गरिएको छ ।

तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणका कारण धेरै बीमाकर्मीहरु बिरामी परेपनि कुनै पनि कम्पनीमा सेवा प्रवाह नरोकिएको नेपाल बीमक संघले जनाएको छ । बीमा समितिबाट प्रवाह हुने सेवाहरु पनि सबै सुचारु छ । बीमा समितिले कोरोना भाइरसको संक्रमण बढेकोले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर कार्यालय सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*