एकैदिन १० हजार बढीमा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३९ हजार नाघ्यो

४ माघ २०७८, मंगलवार १६:३४

काठमाडौं । कोरोना दिन प्रतिदिन कोरोना संक्रमितको दर उच्च भइरहेको छ । दिनप्रति दिन कोरोनाले विकराल रुप लिइरहेको पाइएको हो । आज एकैदिन देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा आज १७ हजार ८७२ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार ७३० जना र १० हजार २५८ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५६२ जनामा संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको हो । हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

१० हजार भन्दा बढीमा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५४९ जनामा पुष्टि भएको छ । उपत्यकामा सबैभन्दा यतिबेला कोरोना संक्रमण तीव्र रुपले फैलिएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ तेस्रो साता दैनिक कोरोना पृष्टि हुनेको संख्या २० हजारको हाराहारीमा पुग्न सक्ने अनुमान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*