नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धि विवादको बिषयमा नेपाल उधोग संघले बोल्यो

४ माघ २०७८, मंगलवार १६:१५

काठमाडौं । नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धि विवादको बिषयमा अभिव्यक्ति दिएको छ । आनन्द राज बतास तथा बतास अर्गनाईजेसन् माथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धि विवादमा व्यवसायी माथि एक तर्फी प्रहार गर्दै शंकाको भरमा विभिन्न समाचार माध्यमहरु मार्फत व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र ससंकित र आतंकित बनेको कुरामा नेपाल उघोग वाणिज्य संघले आफनो विचार व्यक्त गरेको छ।

नारायणहिटी दरवार संग्रहालयमा नेपाल सरकारले टेण्डर आव्हान गरि सरकार निजी सहकार्य गर्ने नीति अनुसार विधिपुर्वक बतास अर्गनाईजेसनलाई सम्झौता गरी क्याफेटेरिया संचालन गर्न अनुमति दिएकोमा यसरी कानुनी रुपमा अनुमति प्राप्त गरिसके पछि मात्र आवश्यक निर्माण समेत गर्दै गरेको अवस्थामा प्रमाण रहित विभिन्न तथ्यहिन समाचारहरुको आधारमा सरकारले एकाएक एउटा राज्य र जनता प्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एक तर्फी दोष देखाएर स्पष्टिकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरण माथि अंकुश लगाएको महसुस यस संघले गरेको छ ।

एउटा स्वतन्त्र व्यवसायमाथि नियोजित तरिकाले प्रक्रिया र कानुन विपरित भएको गतिविधि माथि राज्यले यथासिघ्र छानविन गरि सत्य तथ्य पत्ता लगाई दोषी माथि कारवाही र पिडित व्यवसायीलाई क्षतिपुर्तिको व्यवस्था गरिदिनका लागी यस संघले सम्बन्धित निकायहरुलाई संवेदन हुन अनुरोध गर्दै यथासिघ्र यो प्रति सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराउन चाहन्छौ । एक तर्फी रुपमा विना अपराध व्यवसायी माथि गरिने निर्मम प्रहारले राज्यमा स्वतन्त्र र सुरक्षित लगानीको वातावरण नभएको सूचना राष्ट्रिय अन्तराष्ट्रिय जगतमा संप्रेषण हुने कुरामा हामी गम्भीर चिन्ता प्रकट गर्दछौ । यो विवादको समाधान खोज्न आनाकानी र ढिला सुस्ती गर्दै व्यवसायी माथि एक तर्फी रुपमा नियोजित तरिकाले थप प्रहार गर्ने कार्यले निरन्तरता पाउदै गरेमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले सम्पूर्ण निजी क्षेत्रलाई एकाबद्ध बनाई यस्तो प्रवृधिको विरोधमा चरणबद्ध कार्यक्रमहरु घोषणा गर्ने छ भनि सम्पूर्ण सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*