झिनो अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

४ माघ २०७८, मंगलवार १५:२५

झिनो अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यस साता हरियाली छाएको नेप्सेमा आज १० अंकको गिरावट आएको हो ।

पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ माथि भएको हो ।

आज कारोबार ८ अर्ब ४४ करोड माथिको हुदाँ केही कम्पनीहरुको शेयर उच्च अंकले घटेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा मानुषि लघुवित्त रहेको छ । कम्पनीको आज ५ प्रतिशतले घटेको हो ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, गुडवइल फाइनान्स डिबेञ्चरको ४.५२ प्रतिशत, पन्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत र खानीखोला हाइड्रोपावरको ४.४० प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*