लुम्बिनी विकास बैकद्धारा साहारा क्लबलाई २ लाख ४३ हजार आर्थिक सहयोग

४ माघ २०७८, मंगलवार १४:३२

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले साहारा क्लब पोखरालाई आर्थिक सहयोग गरेको छ । बैंकले उक्त क्लबद्धारा संचालित साहारा ऐकेडेमीलाई आर्थिक सहयोग वापत २ लाख ४३ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक बैंकका संचालक रामचन्द्र सिग्देलले क्लबका अध्यक्ष हरिराम गुरुङलाई हस्तान्तरण गरेका हुन् । एकेडेमीले हाल १५ जिल्लाका २४ कठिन एव विपन्न परिस्थतिका बालकलाई खाजा खाना, लालनपालन र शिक्षासँगै फुटबल प्रशिक्षण दिर्दैं आइरहेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका न्यूरोड शाखा प्रबन्धक बलबहादुर ढकाल क्लबका निवर्तमान अध्यक्ष केशव बहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिती हरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*