दोस्रो बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावरको कतिमा हुँदैछ कारोबार ?

४ माघ २०७८, मंगलवार १२:२६

दोस्रो बजारको नेप्से मा आज (मंगलबार) बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसा कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।

कम्पनीको सेयर नेप्सेमा माघ २ गते, आइतबार सूचीकृत भएको हो जसअनुसार माघ ३ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो । तर, उक्त दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार हुन सकेन। त्यसैले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले बीएनएचसी कारोबार संकेत प्रदान गरेको थियो। उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार भएको हो।
सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे ३ महिना पछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*