स्थगित भएको बरुण हाइड्रोपावरको साधारण सभा माघ १२ गते हुने

४ माघ २०७८, मंगलवार ११:१९

काठमाडौं । गणपूरक संख्या नपुग्दा स्थगित भएको बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभाले कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३ साल असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई निरन्तरता दिने विषय पारित गर्ने कार्यसूचि राखेको छ ।

साधारण प्रयोजनको लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*