जोशी हाइड्रोपावरको साधारण सभा स्थगित, यस्तो छ कारण

४ माघ २०७८, मंगलवार १०:५६

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको तीन आवको वार्षिक साधारण सभा गणपूरक संख्या नपुग्दा स्थगित भएको हो । कम्पनीले माघ ३ गते बोलाएको आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ सभा गणपूरक संख्या नपुग्दा स्थगित भएको हो ।

सभा पुनः आव्हानका लागि सभा हुने मिति, स्थान र समयसहित पुनः सूचना जारी गर्ने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरेको थियो ।

साथै उक्त सभाले संस्थापक शेयरधनीहरु तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट २ जना गरी जम्मा ५ जना संचालन नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।

साधारण सभा प्रयोजन लाभांश वितरणका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*