नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच आज सहमति पत्रमा हस्ताक्षर हुँदै, आजैबाट आन्दोलन टुंगिने

४ माघ २०७८, मंगलवार ०९:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति हुँदैछ । दुई दिनसम्मको घनिभूत वार्तापछि आज औपचारिक सहमति हुन लागेको हो ।

नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै पक्ष सहमत भएका छन् । त्यस्तै बाँकी मागहरु सम्बोधन गर्न दुवै पक्षको तर्फबाट संयुक्त कार्यदल गठन गरी सोही कार्यदलको सिफारिस बमोजिम गर्ने गरी हाललाई जारी आन्दोलन अन्त्य गर्ने सहमति भएको हो । पेशागत बीमा अभिकर्ता संघ समेतको संलग्नतामा जारी वार्तामा नेपाल लाइफ व्यवस्थापनले अभिकर्ताहरुको जायज मागहरु केही तत्काल पुरा गर्ने र बाँकी विस्तारै पूरा गर्न कार्यदल बनाउने सहमति भएको हो । कार्यदलको मोडालिटी भने तयार हुन बाँकी छ ।

नेपाल लाइफले गत साउन २४ गते बीमा अभिकर्ताको एजेन्सी स्ल्याव परिवर्तन गरेको थियो । गणेश अधिकारीको नेतृत्वमा बीमा अभिकर्ता केन्द्रीय संघर्ष समिति बनाएर नेपाल लाइफमा सुधारको माग सहित आन्दोलन भइरहेको छ । अभिकर्ताले गत पुस १७ गतेदेखि बीमा पोलिसी काट्न बन्द गरेर आन्दोलन गर्दै आएका थिए ।

केन्द्रीय संघर्ष समितिले बीमितको बोनस दर घटाउन नहुने, बीमा अभिकर्ता कर्जा पाउनुपर्ने, बीमितलाई पोलिसी नविकरणमा ब्याज छुट दिनुपर्ने, जिरो कोडको अभिकर्ता अन्त्य गर्नुपर्ने, पुराना लोकप्रिय बीमा पोलिसी पुनः सुचारु गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका थिए ।

आज विहान ११ बजे पेशागत बीमा अभिकर्ता संघ समेतको उपस्थितिमा दुवै पक्षका बीचमा सहमतिमा औपचारिक रुपमा हस्ताक्षर हुने जनाइएको छ । नेपाल लाइफमा बीमा अभिकर्ताहरुको आन्दोलनकै बीचमा सिनियर डेपुटी सिईओको रुपमा प्रविणरमण पराजुली आएपछि बीमा अभिकर्ताहरुको समस्यालाई समाधान गर्न रचनात्मक र सकारात्मक उद्देश्यल वार्ता जारी राखेका थिए । दुवै पक्षका बीचमा आज सहमति भएपछि जारी आन्दोलन अन्त्य हुनेछ । बीमा अभिकर्ताहरुको माग पुरा गराउन कार्यदलले भूमिका निर्वाह गर्नेछ ।

फाइल तस्विर

One thought on “नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच आज सहमति पत्रमा हस्ताक्षर हुँदै, आजैबाट आन्दोलन टुंगिने

  1. Krishna says:

    Such a good news

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*