हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

३ माघ २०७८, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले बृद्धि भएको छ । अघिल्लो दिन ६९ अंकले बढ्न पुगेको नेप्से परिसूचक आज २० दशमलव ६४ अंकले बृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजार दोहोरो अंकले बढ्दा आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । अरुण भ्यालीको आज एकैीदन ४४ करोड ५४ लाख ९४ हजार ४७९ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावर कम्पनीको ४१ करोड १ लाख, अपर तामाकोशीको २४ करोड ९ लाख, एनटिसीको २३ करोड ९८ लाख र शिवम् सिमेन्ट्सको २१ करोड १२ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*