नेप्सेमा बुद्धभूमि हाइड्रोपारको शेयर कारोबार हुन सकेन

३ माघ २०७८, सोमबार १३:५९

काठमाडौं । बुद्धभूमि हाइड्रोपावरको साधारण शेयर (आइपीओ) धितोपत्र दोस्रो बजारमा शेयर म्याचिङ नभएको कारण आज कारोबारमा आउन सकेन ।

नेप्सेमा आइतबार नै सूचीकृत भई आजदेखि नै दोस्रो बजारमा कारोबारमा आउनुपर्नेमा शेयर म्याचिङ नभएको कारण कारोबारमा आउन नसकेको हो ।

कम्पनीको ४० लाख कित्ता शेयर माघ २ गते नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँका दरले कायम भएको ४० लाख कित्ता आइपीओ सूचीकृत भई बीएनएचसी सिम्बोलबा कारोबारमा आउने भएको हो । पूँजीबजारमा सो कम्पनीको शेयर म्याचिङ भएपश्चात कारोबारमा आउनेछ ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको शेयरमूल्य ८२ रुपैयाँ ५ पैसादेखि २५२ रुपैयाँ १५ पैसासम्म तोक्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*