कोरोनाको ग्राफ बढ्दो, ४९६१ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै ३३ सय भन्दा माथि

२ माघ २०७८, आईतवार १६:५०

काठमाडौं । पछिल्लो समय कोरोनाले दिनप्रति दिन विकराल रुप लिदै छ । पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ हजार ५६२ जनामा पीसीआर र २ हजार ५६९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आइतबार ३ जना संक्रमितको मृत्यु भएको छ भने ४३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २५ हजार ६८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

आज बसेको मन्त्री परिषदको बैंठकले आमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आवेदशमा माघ १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टर, सिनेमा, जिम हल र मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*