जोशी हाइड्रोपावरको तीन आवको साधारण सभा भोलि हुँदै, यस्ता छन् एजेण्डा

२ माघ २०७८, आईतवार १६:४४

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा भोलि (माघ ३ गते) का हुँदैछ । कम्पनीले पाँचौ, छैठौं र सातौं गरि तीन आर्थिक वर्षको वार्षिक साधारण बिहान ११ः३० मा बिहान ल्याण्डमार्क हल दरवारमार्गमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले संस्थापक शेयरधनीहरु तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट २ जना गरी जम्मा ५ जना संचालन नियुक्ति गर्ने प्रस्ताप पारित गर्ने कार्यसूचि रहेको छ ।

साधारण सभा प्रयोजन लाभांश वितरणका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*