शेयरबजार उकालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२ माघ २०७८, आईतवार १५:२६

काठमाडौं । साताको पहिलो दिन नेप्से उच्च अकंले वृद्धि हुदाँ कारोबारमा समेत छलाङ मारेको छ ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्से आज ६९ अकंले उकालो लाग्दा पनि केही कम्पनीको शेयरमूल्य भने घट्न पुगेको छ । आज सर्वाधिक गुमाउनेमा ग्लोबल आइएमई बैंक डिबेञ्चर रहेको छ । डिबेञ्चरको आज ३.५९ प्रतिशतले घट्न पुगेको छ ।

त्यस्तै, बोट्लस नेपालको २.९७ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको २.५६ प्रतिशत, मैलुङ खोला जलविद्युतको २.३३ प्रतिशत, न्यादी हाइड्रोपावरको २.२७ प्रतिशत र प्राइम डिबेञ्चरको २ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*