बुद्धभुमि नेपाल हाइड्रोपावरका आइपीओ नेप्सेमा सूचीकृत

२ माघ २०७८, आईतवार १४:४५

काठमाडौं। बुद्धभुमि नेपाल हाइड्रोपावरका आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता,आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको छ । उक्त ओपनिङ रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।
सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे ३ महिना पछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*