सिभिल बैंकको खाता खल्तीमा लिङ्क गर्दा स्मार्टफोन जित्न मौका

२ माघ २०७८, आईतवार १३:५९

काठमाडौं । सिभिल बैंकको खाता खल्तीमा लिंक गर्दा अब प्रयोगकर्ताहरुले बोनस अफर देखि सामसुङ स्मार्टफोन जित्न सक्नेछन् ।

बैंकको खाता खल्तीसँग लिङ्क गर्दा प्रयोगकर्ताहरुका लागि १ सय रुपैयाँ बोनस अफर सहित हरेक महिना एक जना भाग्यशाली प्रयोकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका दुईपक्षबीचको समझदारीमा ल्याइएको हो ।

उक्त बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट खल्तीसँग लिङ्क गर्ने प्रयोगकर्ताहरुले मात्र पाउने छन् । जसका लागि प्रयोगकर्ताले लिङ्क गर्नु अगाडि केवाईसी भेरिफाइ गराउनु पर्नेछ । उक्त बोनस अफर पुस ३० गतेदेखि फागुन १ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*