आर्थिक संकटकाबीच नेप्सेमा उछाल, एक घण्टामै ६९ अंकले बढ्यो नेप्से

२ माघ २०७८, आईतवार १२:१३

काठमाडौ । साताको पहिलो दिन नेप्समा उछाल देखिएको छ । केही साताअघि उच्च अंकको गिरावट आएको नेपालको शेयरबजारमा एकाएक बजार खुलेको करिब १ घण्टामैं अस्वभाविक रुपले ६९ अंकले बढ्न पुगेको छ ।

देशको अर्थतन्त्र संकटको अवस्थामा रहेको बेला आश्चर्यजनक बजार खुलेको केही समयमा नै २.४४ प्रतिशतले माथि बढ्नुले शेयरबजारमा माफियाहरुले आफूसँग भएको ठूलो मात्रामा शेयर बिक्री गर्न कर्नरिङ गरेर मूल्य बढाएको पनि हुनसक्ने देखिएको हो ।

आर्थिक संकटकाबीच पनि नेप्से परिसूचक यो समाचार तयार पार्दासम्म ६९ दशमलव ७५ अंक अर्थात् २.४४ प्रतिशतले बृद्धि भई २९२७.४९ विन्दुमा पुगेको छ । साथै नेप्सेमा सूचिकृत २१७ कम्पनीको ५५ लाख भन्दा बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्बमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*