नबिल बैंकको अध्यक्षमा उपेन्द्र प्रसाद पौडेल नियुक्त

२ माघ २०७८, आईतवार ११:२४

काठमाडौं । नबिल बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र प्रसाद पौडले नियुक्त भएका छन् । बैंकले पौडेल सहित २ जना संचालक नियुक्त गरेको हो । बैंकको पुस ३० गते सम्पन्न ३७ औं वार्षिक साधारण सभाले संचालक नियुक्ति गरेको हो ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक उदय कृष्ण उपाध्याय र एनबी लिमिटेडबाट प्रतिनिधित्व गर्ने उपेन्द्र प्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको हो ।

साथै सोही दिन बसेको संचालक समितिको ५८८ औं बैठकले उपेन्द्र प्रसाद पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*