रसुवागढी हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन
२ माघ २०७८, आईतवार ११:०६
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरिसकेको छ । बोर्डबाट स्वीकृत पाएपश्चात कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रमा आइपीओ निष्काशन गर्नेछ ।