नागरिक लगानी कोष सहित ४ कम्पनीको संस्थापक शेयर बिक्रीमा

२ माघ २०७८, आईतवार ११:०२

काठमाडौं । चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता, महुली लघुवित्त वित्तीय संस्थाको ११ हजार २५४ कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ६५ हजार कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८३ हजार ८२९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।

नागरिक लगानीकोषले प्रतिकित्ता १ हजार १८३ रुपैयाँ, मेरो माइक्रोफाइनान्स लघुवित्तले न्यूनतम मूल्य प्रतिकित्ता ४८४ रुपैयाँ, आरएमडीसी लघुवित्तले प्रतिकित्ता ४९४ रुपैयाँ, महुली लघुवित्तले प्रतिकित्ता ६४० रुपैयाँ न्यूनतम मूल्य तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

आवेदन दिदाँ नागरिक लगानीकोषको शेयरका लागि न्यूनतम १ सय कित्ता, महुली लघुवित्तको लागि न्यूनतम ५ सय कित्ता, आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको लागि न्यूनतम १ हजार कित्ताको माग गर्ने सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले माघ ७ गते भित्र कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन दिन सकिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*