नेपाल बंगलादेश बैंकको शेयर कारोबार आजबाट रोक्का

३० पुष २०७८, शुक्रबार १४:५४

काठमाडौं । नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको शेयर कारोबार आजबाट रोक्का भएको छ ।दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हिजो हस्ताक्षर गरेका हुन् । बंगलादेश बैंकले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । लामो समयको प्रयास र चर्चापछि दुई बैंक गाभिएर एउटै बन्न लागेका हुन् ।

प्रारम्भिक सहमति अनुसार एनबि बैंकको १०० कित्ता सेयर बराबरको अब नबिलको ४३ कित्ता हुने गरी प्राप्ति प्रक्रिया अघि बढेको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट उदयकृष्ण उपाध्याय र एनबिका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*