नाडेप लघुवित्तको सातौं साधारण सभा माघ १४ गते, कहिले हुँदैछ बुकक्लोज ?

३० पुष २०७८, शुक्रबार १२:१२

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले सभा माघ १४ गते रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन नगरपालिका वडां.–१ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको गत आवको मुनाफाबाट चुक्तापूँजी ४० करोड ४८ लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.५३ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति बदर प्राप्त भएकोमा सो सम्बन्धि सम्पूर्ण कार्यहरुको अनुमोदन गर्नेछ । त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ सम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

यसैगरी आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालक चयन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि माघ ३ गते एकदिनमात्र बुकक्लोजको मिति तोकेको छ । जसअनुसार माघ २ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*