सुन तोलामा २ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

३० पुष २०७८, शुक्रबार ११:२२

काठमाडौं । नेपाल बजारमा लगातार सुनको मूल्य उकालो लागि रहेको छ । मंगलबार ३ सय बुधबार ४ सय, बिहिबार ५ सय रुपैयाँले बढेको सुन शुक्रबार पनि २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*