ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको साधारणसभा माघ २१ गते, यस्ता छन् एजेण्डा ?

३० पुष २०७८, शुक्रबार ११:११

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १२ औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे र भर्चुअल माध्यमबाट पनि सहभागी हुन सक्ने आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक समूहको तर्फबाट ५ जना तथा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले माघ माघ ८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*