दिनहुँ बढ्दै कोरोना संक्रमणदर, आज मात्रै ३५५३ जनामा संक्रमण पुष्टि

२९ पुष २०७८, बिहीबार १७:०४

काठमाडौं । पछिल्लो केहीदिनयता नेपालमा कोरोना भाइरसको संक्रमणदर क्रमिक रुपमा बढिरहेको छ । बुधबारको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा त्यसलगत्तैको पछिल्लो २४ घण्टामा ३५५३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गरिएकोमा सोही जनामा संक्रमण पुष्टि भएको हो ।

१० हजार ४९८ पीसीआर परीक्षण गर्दा दुई हजार ९२२ जनामा र चार हजार ५८३ एन्टिजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*