उन्नति सहकार्य लघुवित्तको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

२९ पुष २०७८, बिहीबार १६:१३

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा पुस २८ गते होटल मौर्या सिद्धार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस शेयर बाँडफाँड पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत पारित गरको हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरेकोे हुदाँ पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*