कूल बीमा अभिकर्ता संख्या ७ लाख ६८ हजार, बाग्मती प्रदेशमा सबैभन्दा धरै

२९ पुष २०७८, बिहीबार १५:५२

काठमाडौं । जीवन बीमा क्षेत्रमा मानिसहरुको आकर्षण बढ्दै गइरहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको मेरुदण्ड मानिएको बीमा अभिकर्ताको कुल संख्या साढे सात लाख पुगेको छ ।१९ वटा जीवन बीमा कम्पनीमध्ये आफूले कम्पनी रोजेर काम गर्न उनीहरुले बीमा समितिबाट बीमा अभिकर्ताको लाईसेन्स लिएका छन् ।

बीमा अभिकर्ताको संख्या ठूलो भएपनि नविकरण गराउनेको संख्या भने निकै न्यून रहेको देखिएको छ ।हाल संचालनमा रहेका ७ लाख ६८ हजार ४ सय २६ रहेका अभिकर्ताहरुले ७ वटै प्रदेशबाट बीमा सेवा प्रदान गर्दै आईरहेका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार बीमा अभिकर्ताहरुको सङख्या सबैभन्दा धेरै वाग्मती प्रदेशमा रहेको छ । बाग्मती प्रदेशमा २ लाख ३३ हजार १ सय २ जना अभिकर्ताहरुले बीमा सेवा प्रवाह गरिरहेका छन् ।

दास्रोमा लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशमा १ लाख ३१ हजार अभिकर्ताहरुले बीमा सेवा प्रदान गर्दै आईरहेका छन् ।तेस्रोमा प्रदेश नम्बर १ रहेको छ । प्रदेश नम्बर १मा १ लाख २२ हजार जना अभिकर्ताहरु आवद्ध छन् ।प्रदेश नम्बर २ मा १ लाख १ हजार, गण्डकी प्रदेशमा ७२ हजार ८९७, सुदुरश्चिम प्रदेशमा ६८ लाख ५५१, कर्णाली प्रदेशमा ३७ हजार ५०६ अभिकर्ताहरुले विभिन्न बीमा कम्पनीमा आवद्ध रहेर बीमा सेवा प्रवाह गर्दै आईरहेका छन् ।

बीमा कम्पनीका लागि अभिकर्ता नभई नहुने जनशक्ति हो । आम मानिसलाई बीमा कम्पनीसँग जोड्ने भूमिका नै अभिकर्ताको हुन्छ । अभिकर्ताहरूले विभिन्न ठाउँमा पुगेर आम मानिसको बीमा गराई कम्पनीलाई व्यवसाय दिइरहेका हुन्छन्, त्यसबापत उनीहरूले १० वर्षसम्म बीमितको पहिलो वार्षिक किस्ताबाट २५, दोस्रो किस्ताबाट १५ र त्यसपछिको किस्ताबाट ५ प्रतिशत कमिशन पाउँछन् ।

बीमा कम्पनीहरूले व्यवसाय बढाउने होडमा जबर्जस्ती इजाजतपत्र प्रदान गर्दा पनि अधिकांश अभिकर्ताले इजाजतपत्र नवीकरण गर्दैनन् । यसैगरी कम्पनीहरूले दिने तालीम प्रभावकारी नहुँदा पनि अभिकर्ताले इजाजतपत्र नवीकरण नगर्ने समितिको भनाइ छ ।

बीमा अभिकर्ताहरूले हरेक वर्षको चैत मसान्तभित्र इजाजतपत्रको नवीकरण गरिसक्नुपर्ने हुन्छ । उक्त अवधिमा इजाजतपत्र नवीकरण नगरेमा असोज मसान्तभित्र तोकिएको दस्तुर तिरेर इजाजतपत्र नवीकरण गर्न सकिन्छ । यदि, असोज मसान्तसम्ममा पनि नवीकरण गरिएन भने इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ ।

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले अब अभिकर्ता पेशा गरेर बाँच्ने आधार बनाउन सम्बद्ध निकाय सकारात्मक हुनुपर्ने बताए । ‘पछिल्लो समय बीमा अभिकर्ताप्रति आकर्षण बढ्दै गएको थियो ।

One thought on “कूल बीमा अभिकर्ता संख्या ७ लाख ६८ हजार, बाग्मती प्रदेशमा सबैभन्दा धरै

  1. धिरज अग्रवाल says:

    नेपाल को जनसंख्या 3 कडोर अभिकर्ता 7 लाख 68 हजार एउटा अभिकर्ता को भागमा लगबग 39-40 जना जुन प्राय ले गरिसके अब कता खोज्नु इन्स्योरेन्स न चाहिदो लाइसेन्स बाडिरहेको छ कम्पनी ले

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*