नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए

२९ पुष २०७८, बिहीबार १५:२६

काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच भएको छ ।

बुधबार नेप्से घट्दा पनि ८ अर्बको कारोबार भएको थियो भने आज नेप्से उच्च अकंले वृद्धि हुदाँ ६ अर्ब ६६ करोड ९७ लाख ४८ लाख ५६७ रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्सेमा सुधार देखिएतापनि केही कम्पनीहरुको शेयर घटेको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा नबिल डिबेञ्चर रहेको छ । कम्पनीको आज २.०३ प्रतिशतले घटेको हो ।

त्यस्तै, एनआइसी एशिया सेलेक्ट फण्डको १.४१ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको १.१९ प्रतिशत र राष्ट्रिय बीमाको १ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*