मध्यभोटेकोशीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

२९ पुष २०७८, बिहीबार १५:२२

काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो ।

पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ६६ करोड माथिको कारोबार भएको छ । हिजो भने नेप्से घटे पनि ८ अर्ब माथिको कारोबार हुन पुगेको थियो ।

आज नेप्से उच्च अकंले वृद्धि हुदाँ भोटेकोशीको शेयरमा मात्र सर्किट लागेको हो । त्यस्तै, माउन्टेन हाईड्रो नेपालको ९.४४ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ९.३५ प्रतिशत, शिव श्री हाइड्रोपावरको ९.०१ प्रतिशत, आइसीएफसी फाइनान्सको ८.५४ प्रतिशत र रसुवागढी हाइड्रोपावरको ७.८० प्रतिशतले वृद्धि भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*