अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२९ पुष २०७८, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः सुधार देखिएको छ । अघिल्लो दिन ३० अंकको गिरावट आएको शेयरबजार आज फेरि ५४.१२ अंकले उकालो लागेको छ ।

केही दिनयता शेयरबजारमा घटबढ भइरहको देखिएको छ । आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँको कारोबार भएको ।

नेप्सेमा हरियाली छाउँदा आज सर्वाधिक अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ दाख ४३ हजार २४५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावरको २३ करोड २३ लाख, निफ्राको २२ करोड २९ लाख, एचआइडिसिएलको २१ करोड ९४ लाख र हिमालयन डिस्टिलरीको १४ करोड ४४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*