राष्ट्र बैंकद्धारा २० वर्षसम्म दावी नपरेका निक्षेप बैंकिङ्ग विकास कोषमा जम्मा गर्न बैंकहरुलाई निर्देशन

२९ पुष २०७८, बिहीबार १४:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई २० वर्षसम्म दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज बैंकहरुलाई दाबी नपरेको रकम बैंकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११२ को उपदफा (१) बमोजिमको रकम बीस वर्षसम्म लिन बुझ्न नआएमा सो रकम नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोष (अनक्लेम्ड डिपोजिट) अन्तर्गत तोकिएको हिसावमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी बैंकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था अनुसार राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा भएको रकम बैंकिङ्ग विकासमा प्रयोग गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*