सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२९ पुष २०७८, बिहीबार १४:३७

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुपरभाइजर।जुनियर अफिसरमा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज माग गरेको हो । सो पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने बैंकले जानकारी गराएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सम्पूर्ण आवश्यक कागजातसहित माघ १३ गतेसम्म कम्पनीको वेबसाइट  https://idocs.shangrilabank.com/career/  मार्फत् आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*