कृषि विकास बैंकको साधारण सभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

२९ पुष २०७८, बिहीबार १३:३८

काठमाडौं । कृषि विकास बैंक लिमिटेडवले १५ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको सभा कम्पनीको केन्द्रिय कार्यालय तालिम प्रतिष्ठान बोर्ड भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिकको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत उक्त सभाले पारित गरेको हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोग गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*