नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न

२९ पुष २०७८, बिहीबार ११:४६

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस( एनसिएचएल)को साधारणसभा सम्पन्न भएको छ । सभाले ४० प्रतिशत लाभांश पारित भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ३८ प्रतिशत बोनस शेयर तथा २ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्कअत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको र अघिल्लो आ.व.को ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७÷७८मा कम्पनीको खुदनाफा ३८% ले वृद्धी भएको छ सभाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*