फरवार्ड माईक्रोफाइनान्स लघुवित्तको साधारण सभा भर्चुअल माध्यमबाट हुने

२९ पुष २०७८, बिहीबार ११:३७

काठमाडौं । कोरोना भाइरसको अबस्थालाई मध्यनजर गर्दै फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।

कोरोना महामारीको नयाँ भेरिएन्टको प्रकोप बढी रहेको भन्दै शेयरधनीहरु एकैठाउँमा उपस्थित हुन जोखिम हुने भएकाले भर्चुुअल माध्यबाट गर्ने लागेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको मनोनयन वा निर्वाचन गर्ने तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने “ख” समूहबाट २ जना संचालकहरुको निर्वाचन गर्ने कार्यसूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १६ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*