एशियन लाइफ इन्स्योरेन्सद्धारा बार्षिक साधारण सभा आह्वान, बुक क्लोजको मिति तय

२९ पुष २०७८, बिहीबार ११:३०

काठमाडौैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले सभा माघ २१ गते होटल दियालो लर्डस प्लाजा आदर्शनगर वीरगंजमा बिहान ११ः३० मा बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट जीवन बीमा कम्पनीहरु मध्ये कै सर्वाधिक २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक श्री एस ए आर एशोसियट्सको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नेछ ।

यस कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न नियामक निकायसँग स्वीकृति लिने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकोले माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*