रातारात राष्ट्र बैंक पुर्याइयो नबिल र बंगलादेश मर्जरको फाइल, स्वाप रेसियो १००ः४५ बनाउने निर्णय !

२८ पुष २०७८, बुधबार २२:५४

काठमाडौं । बुधबार उत्तर कोरियाली नेता किम जोङ उनले हाईपर सोनिक क्षेप्यास्त्रको परिक्षण गरे, जसको तरंग विश्वभर फैलिएको छ । बुधबार उत्तरकोरियाले परिक्षण गरेको हाईपर सोनिक मिलाईसकै शैलीमा अदालतबाट अन्तरिम आदेश भई मुद्दा प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंक र नबिल बैंकको मर्जर प्रक्रियाका सम्बन्धमा निर्णयहरु गरेर नेपाल राष्ट्र बैंकमा बुझाइएको छ । बिनोद चौधरीको डिजाइनमा द्रुत गतिमा राष्ट्र बैंकमा मर्जर सम्बन्धी फाइल बुझाइए पनि बुधबार नै काठमाडौं जिल्ला अदालतबाट शेयर खरिद बिक्री सम्बन्धी कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएसँगै अब दुई बैंकबीचको मर्जर प्रक्रिया समेत अबरुद्ध हुने भएको छ ।

विश्वस्त स्रोतका अनुसार नबिलको १०० रुपैयाँ बराबर नेपाल बंगलादेश बैंकको ४५ रुपैयाँ पुँजी कायम हुने छ । अर्थात हाल नेपाल बंगलादेश बैंकका सेयरधनीले १०० कित्ता बराबर मर्जर पछि जम्मा ४२ कित्ता मात्रै सेयर पाउने छन् । नयाँ सहमति ४१ प्रतिशत शेयर हिस्सा भएको आईएफआईसी बैंकको शेयरधनीको सहमति छैन । किनभने सो बैंकको शेयर कसले किन्ने हो यकिन भइसकेको छैन । सो बैंकको स्वामित्वमा रहेको शेयर आफ्नो भएको दावी गर्दै नेपालको अदालतमा मुद्दा परेको छ । अन्तरिम आदेश समेत जारी भइसकेको अवस्थामा अब मर्जर प्रक्रिया रोकिने निश्चित छ ।

बुधबार नबिलले उदयकृष्ण उपाध्यायको टोली र बंगलादेश बैंकका इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समितिले यस्तो सहमति गरेको जनाइएको छ । यद्यपि सो सम्बन्धमा समाचारको औचापरिक रुपमा दुवै बैंकले पुष्टि गर्न मानेका छैनन् ।

नबिलले एनबी बैंकलाई गाभ्ने अनौपचारिक सहमतिसहितको फाइल आजै नेपाल राष्ट्र बैंकमा दर्ता गरिएको बुझिएको छ । एनबी बैंकको ४१ प्रतिशत शेयर चौधरी ग्रुपले खरिद गर्ने निर्णयका विरुद्धमा अदालतमा मुद्दा परेर अन्तरिम आदेश आएको सूचना लगत्तै हाईपरसोनिक मिसाइलको गतिमा मर्जरमा जाने सहमति गरेर आजै फाइल राष्ट्र बैंकमा दर्ता गरिएको स्रोतको दावी छ । मुद्दा परेपछि चौधरी ग्रुपले राष्ट्र बैंकसँगको सेटिङमा रातारात मर्जर प्रक्रिया अघि बढाइएको जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई चौधरी ग्रुपले मर्जरमा सहयोग गर्न आग्रह गरेको जनाइएको छ । नबिल बैंकमा चौधरी ग्रुपको ठूलो हिस्सा रहेकोले मुद्दाको किनारा लाग्नु अघि नै मर्जरमा लगेर अप्ठेरोमा पार्ने योजनाका साथ चौधरी ग्रुप अघि बढेको जनाइएको छ ।

उता, दुगड ग्रुपले भने मर्जरमै लगेपनि आईएफआईसी बैंकको स्वामित्वमा रहेको शेयर नछोड्ने दावी गर्दै मुद्दा प्रक्रियामा अघि बढेपछि दुई शक्तिबीचको कर्पोरेट वार निकै समय टकराव आउने देखिएको छ ।

दुई व्यापारिक घराना बीचको कर्पोरेट वारमा नेपाल राष्ट्र बैंकले कसैको पनि पक्षमा लाग्न नहुने बरु पहिला शेयर स्वामित्व विवाद सकिएपछि मात्रै मर्जरमा लैजान उपयुक्त हुने उपयुक्त हुने देखिएको छ ।

बंगलादेश बैंकको तीन करोड ६८ लाख कित्ता शेयर बिनोद चौधरीलाई तत्काल बिक्री नगर्न अन्तरिम आदेश

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*