बंगलादेश बैंकको तीन करोड ६८ लाख कित्ता शेयर बिनोद चौधरीलाई तत्काल बिक्री नगर्न अन्तरिम आदेश

२८ पुष २०७८, बुधबार २२:२८

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बंगलादेशस्थित आईएफआईसी बैंकको स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर तत्काल कसैलाई पनि बिक्री नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलाशले आज यस्तो आदेश दिएको हो । दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले सो शेयर गत अप्रिल २ तारेखमा खरिदका लागि लिखित सम्झौता गरिसकेको अवस्थामा सो कार्य अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतले ७ दिनभित्र मोतिलाल दुगडलाई शेयर बिक्री नगर्नुको कारण पेश गर्न समेत आदेश दिएको छ ।
दुगड ग्रुपलाई बिक्री गर्न लिखित पत्राचार भइसकेको अवस्थामा सो शेयर बिनोद चौधरीले खरिद गर्ने भित्री सहमति गरेपछि दुगड ग्रुप अदालती प्रक्रियामा गएको हो । अदालती प्रक्रियामा गएसँगै अब सो बैंकको शेयर खरिद बिक्री प्रक्रिया रोक्का हुने भएको छ ।

सो सम्बन्धमा उच्च अदालत पाटनमा समेत मुद्दा चलिरहेको छ । जिल्ला अदालतमा परेको अर्को मुद्दामार्फत शेयर खरिद बिक्री रोकिएपछि सेटिङमा सो शेयर हात पार्न लागेको चौधरी ग्रुप तनावमा परेको छ । सोही शेयरमाथि एनबी समुहले समेत दावी गरेको थियो । एनबी समुहले भने मुद्दा हाल्न बाँकी छ ।

यसैबीच, आज शेयर खरिद बिक्री विवादमा परेको नेपाल बंगलादेश बैंकको शेयर सबैभन्दा बढि कारोबार भएको छ । सो बैंकको २८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*